ad ad

राजनीति


कोशीमा चारजना मन्त्री थपिँदै, सोमबार नै शपथ दिलाइने

कोशीमा चारजना मन्त्री थपिँदै, सोमबार नै शपथ दिलाइने

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८० सोमबार १४:६, काठमाडौँ

कोशी प्रदेशमा सोमबार चारजना मन्त्री थपिने भएका छन्। 

संविधानको धारा १६८(३) अन्तर्गत गत भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 

कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै सोमबार नै चारजना नयाँ अनुहार थपिन लागेका हुन्। 

कार्कीले मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राईलाई मन्त्री बनाउने भएका छन्। 

यसअघि भदौ २२ गते कोशीमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, झापाका एकराज कार्की र खोटाङका पाँचकर्ण राईलाई मन्त्री भएका थिए। त्ययस्तै भोजपुरकी सिर्जना राई राज्यमन्त्री बनेकी थिइन्। 

सोमबार मन्त्री बन्न लागेकामध्ये अधिकारी यसअघि भीम आचार्यको मन्त्रिमण्डलमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए। 

सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी कार्कीकै मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्री थिए। राम प्रसाद मेहता र निरन राई नयाँ अनुहार हन्। यसअघि पनि मन्त्रीको दाबी गरेका उनीहरुले पहिलो पटक सरकारमा अवसर पाउँदैछन्। 

मन्त्री हुने भएपछि अधिकारीसहितलाई मुख्यमन्त्री कार्कीले विराटनगरमा बोलाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .