ad ad

समाज


यतीको जहाज दुर्घटना : भोलि राष्ट्रिय शोक, सार्वजनिक बिदा

यतीको जहाज दुर्घटना : भोलि राष्ट्रिय शोक, सार्वजनिक बिदा

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ १, २०७९ आइतबार १४:३२, काठमाडौँ

यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दु:ख जनाउँदै सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ।

 आइवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए।

'यो घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ। दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। निधन भएकाहरुप्रति समवेदना', उनले बैठकपछि भने, 'भोलि (माघ २ गते) एक दिन शोकको घटनाका सन्दर्भमा शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।'

पौडेलले दुर्घटनाबारे जानकारी लिन चाहने परिवार र आफन्तका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको बताए। 

उनले पार्थिव शरीर बुझ्न र आफ्नो स्थानमा लान चाहनेलाई आवश्यक प्रबन्ध गर्ने निर्णय पनि भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .