देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडि नै ढल फुटेर दुई दिनदेखि दुर्गन्ध फैलिएको छ।
सिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिँदा स्थानीयबासी र त्यस क्षेत्रमा आवतजावत गर्नेलाई सास्ती भएको छ।
ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा सञ्चालनमा पनि समस्या भएको छ।
ढलका कारण सडक हिलाम्मे भएको छ। पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नुपरेको छ।
सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा सरकार बेखबर छ।
हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनमा कुनै पहल गरेको छैन। महानगरपालिकाले पनि यो ढल व्यवस्थापनमा ध्यान दिएको छैन।
पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका बस्न नै कठिनाइ भएको छ।
51
Shares
प्रतिक्रिया