ad ad

समाज


पोखरा विश्वविद्यालयबाट ६ हजार ९९९ विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयबाट ६ हजार ९९९ विद्यार्थी दीक्षित

नेपालखबर
फागुन ८, २०७९ सोमबार १७:३, पाेखरा

पोखरा विश्वविद्यालयबाट ६ हजार ९९९ जना विद्यार्थी दीक्षित भएका छन्। 

सोमबार विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई दीक्षित गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दक्ष जनशक्ति पलायन चुनौतीको विषय भएको बताए। विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्ने वातावरण निर्माण गर्ने अभिभारा विश्वविद्यालयहरुमा रहेको पनि उनले बताए।  

उनले  निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गन सरकारले  संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको जानकारी पनि दिए। 

‘संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्वोधन हुने अपेक्षा गरिएको छ,’,उनले भने। 

संवोधनको क्रममा उनले भूकम्प, कोभिड, रसिया–युक्रेन युद्ध लगायतले विश्वव्यापी अर्थतन्त्रमा परेको असर र त्यसबाट नेपालको अर्थतन्त्रमा परेको बाछिटाहरूलाई न्यूनीकरण गर्न तथा  वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउनसक्ने संकटबाट मुलुकलाई जोगाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको पनि उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्डले विश्वबजारमा आफूलाई प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न विद्यार्थीहरुसँग धैर्य, संयमित र दूरदर्शीता आवश्यक रहेको पनि बताए।

आफू कास्कीको लेबाडेमा जन्मेको स्मरण गर्दै उनले पोखरासँग भावनात्मक सम्बन्ध रहेको बताउन छुटाएनन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .