ad ad

समाज


प्रहरीलाई हातपात गर्ने ५ जना पक्राउ

प्रहरीलाई हातपात गर्ने ५ जना पक्राउ

सांकेतिक तस्बिर


नेपालखबर
फागुन ८, २०७९ सोमबार १७:३५, काठमाडौँ

रौतहटको गौरमा प्रहरीलाई हातपात गर्ने ५ जना पक्राउ परेका छन्।

गौर नगरपालिका ६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा चपुर नगरपालिका ४ बस्ने २० वर्षीय सुदर्शन साहलगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

अस्थाई प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त बसपार्कमा छरिएर रहेका सवारी साधनहरू व्यवस्थापन गर्ने क्रममा ग १ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले

प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। 

अन्य व्यक्तिहरूले प्रहरीमाथि गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप ४ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई थप कारबाही गर्न प्रहरीले थुनामा राखेर अनुसन्धान थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .