बाल यौन दूरुपयोगको मुद्दामा दोषि ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ भएको छ।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासमा सुनुवाई सकिएको हो। फैसला भने आउन बाँकी छ। अब केहीबेरमा फैसला हुनेछ।
जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा पल शाहलाई सफाई दिएको थियो। तर बाल यौन दूरुपयोग गरेको ठहर गर्दै उनलाई साढे २ वर्ष कैदको फैसला गरेपछि त्यसविरुद्ध पल उच्च अदालत गएका हुन्।
पलले आफूलाई सफाई दिन माग गरेका छन्।
यस्तै, सरकारी वकिल कार्यालयले भने पललाई जबरजस्ती करणीको मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै पुनरावेदन गरेको छ।
दुवै पक्षको पुनरावेदनपछि उच्च अदालतले आज फैसला गर्दैछ।
उच्चले पललाई सफाइ दिए उनी छुट्ने छन्। तर जिल्लाको फैसला सदर गरे वा थप सजाय गरे पलको कैदयात्रा लम्बिनेछ।
Shares
प्रतिक्रिया