काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायसको ठक्करबाट सिन्धुलीमा एक बालिकाको मृत्यु भएको छ।
कमलामाई नगरपालिका ७ स्थित सुनिता पेट्रोलपम्प नजिक हायसले ठक्कर दिएको थियो।
पैदल यात्री सिन्धुलीको तीनपाटन ११ का कमल तामाङकी छोरी ९ वर्षीया ममता तामाङको मृत्यु भएको हो।
बिपि राजमार्गमा बा ४ ख ६६७३ नम्बरको यात्रुबाहक हायसको ठक्करबाट उनको खुट्टा र टाउकोमा चोट लागेको थियो।
उनको उपचारको क्रममा बिहीबार दिउँसो ज्यान गएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
48
Shares
प्रतिक्रिया