फोटो पत्रकार प्रदीपराज वन्तले फोटो पत्रकारिता पुरस्कार पाएका छन्।
रिपोर्टर्स क्लब नेपालले उनलाई ‘बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो।
क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।
यस्तै सो अवसरमा पत्रकार शरच्चन्द्र भण्डारीलाई पनि ‘सहिद जगत प्रकाशजंग स्मृति पत्रकारिता परस्कार’ प्रदान गरिएको छ।
दुवै पुरस्कारको राशि जनही रु २५ हजार रुपैयाँ हो।
51
Shares
प्रतिक्रिया