ad ad

समाज


स्वास्थ्य वैज्ञानिकहरूको शिखर सम्मेलन चैत २८ देखि

स्वास्थ्य वैज्ञानिकहरूको शिखर सम्मेलन चैत २८ देखि

नेपालखबर
चैत २१, २०७९ मंगलबार १७:४६, काठमाडौँ

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौैं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौंमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो। 

‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम पनि तय गरिएको परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए। 

सम्मेलनमा विश्व स्वास्थ्य संगठनसहितका स्वास्थ्य तथा जनसंख्या क्षेत्रका वैज्ञानिकहरु, विज्ञहरु र नीति निर्माताहरु सहभागी हुनेछन्। 

करिब हजार जना भन्दा बढी विज्ञहरुसँग घनिभूत छलफल गरी सरकारलाई यस क्षेत्रको नीति निर्माणमा सहयोग गर्नु सो शिखर सम्मेलनको मुख्य उद्देश्य रहेको पनि परिषदका सदस्य सचिव ज्ञवालीले बताए। 

उनले भने, ‘यो वर्ष पनि हामी सो सम्मेलन गर्दैछौं। त्यसका लागि हामीले प्रमुख थिम बनाएका छौं। त्यो थिम भनेको स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण भन्ने रहेको छ। ती अनुसन्धान र अध्ययनबाट आएका तथ्यहरुलाई वैज्ञानिक हिसावले हेरेर पोलिसी निर्माणमा के, कति सहयोग गर्न सकिन्छ? त्यसको अनुसन्धान गरेर हामीले राज्यलाई पोलिसी बनाउन सहयोग गर्ने मुख्य उद्देश्य हो।’ 

कार्यक्रममा २०१ जनाको सम्बन्धित विषयमा प्रस्तुती रहने उनले जानकारी दिए। सम्मेलनमा एक हजारसम्म प्रतिनिधिहरु सहभागी हुनेछन्।

शिखर सम्मेलनमा उत्कृष्ट हुनेलाई अवार्डको समेत व्यवस्था गरिएको पनि परिषदले जनाएको छ। यसै अवसर पारेर परिषदले सदाझैं यस वर्ष पनि योङ साईन्टिस्ट अवार्ड, हेल्थ रिसर्च अवार्डलगायतका ८ वटा विभिन्न विधाका अवार्डहरु वितरण गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .