ad ad

समाज


अमेरिकी डलर साट्ने बहानामा ४६ लाख लुटपाट गर्ने तीन जना पक्राउ

अमेरिकी डलर साट्ने बहानामा ४६ लाख लुटपाट गर्ने तीन जना पक्राउ

नेपालखबर
बैशाख ३, २०८० आइतबार १८:२९, काठमाडौँ

काठमाडौं उपत्यकामा डलर साट्ने बहानामा ठगी गर्ने समूहका तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा घर भइ हाल ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सुकलाल पाईन, सोही स्थानका २५ वर्षीय ईनकुमार पाख्रिन र २२ वर्षीय सूर्यबहादुर पाईन रहेका छन्।

उनीहरुले विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर साटीदिन्छु भनि लोभ देखाई ललितपुर हरिसिद्धिबाट १८ लाख काठमाडौंको चोभारबाट १८ लाख र ललितपुर ईमाडोलबाट १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त निवेदन र पीडितले दिएको हुलियाका आधारमा सो घटनाबारे अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्। 

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाइएको र घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास र थप अनुसन्धान कार्य जारी रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका सुकलाल पाईनलाई प्रहरी वृत्त बौद्धबाट २०७६ भदौ १० गते डाँकाचोरी कसुरमा मुद्दा चलेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .