ad ad

समाज


आजदेखि वर्षा हुने क्रम बढ्ने

आजदेखि वर्षा हुने क्रम बढ्ने

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार ७, २०८० बिहिबार ७:३०, काठमाडौँ

आज (बिहीबार) देखि देशभर मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम बढ्दै जाने देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि मौसम बदली र वर्षा क्रमशः बढ्दै जाने संकेत देखिएको हो।   

मौसम महाशाखाका अनुसार हाल देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ। जसका कारण देशभर बदली र वर्षाको सम्भावना बढेको हो। 

काठमाडौं उपत्यकामा आज हुनसक्छ भारी वर्षा
बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ। 

मौसमविद् मानन्धरका अनुसार दिउँसोलाई उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने राति भारी वर्षा पनि हुनसक्छ। 

‘राति बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ’, उनले भनिन्, ‘त्यसकारण काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिन्छ।’

मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। जसअनुसार आज (बिहीबार) देखि पर्सि (शनिबार) सम्म यस्तो छ वर्षाको सम्भावना– 

असार ७ गते बिहीबार 
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति : कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी  प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असार ८ गते शुक्रबार 
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असार ९ गते शनिबार 
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी  प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी  प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले भारी वर्षा, मेघगर्जन/चट्याङ, बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .