स्थानीय सरकारहरुले अनौठा निर्णय गर्न थालेका छन्। केन्द्रीय सरकार बढ्दो जनसंख्या नियन्त्रण अभियानमा लागिरहेका बेला एउटा पालिकाले भने तीन सन्तान जन्माउनेलाई भत्ता नै दिने निर्णय गरेको छ।
पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ले दुईभन्दा धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन भत्ता दिने भएको हो।
तीन सन्तान जन्माएर जन्मदर्ता गराउनेहरुलाई प्रोत्साहनस्वरूप पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय वडा कार्यालयले गरेको हो।
गाउँमा जनसंख्या घट्दै गएपछि यस्तो योजना ल्याउन बाध्य भएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताएका छन्।
नयाँ आर्थिक वर्ष अर्थात् आगामी २०८० साउनदेखि तीन सन्तानका बाबुआमालाई भत्ता दिन लागिएको उनले बताएका छन्।
तर उक्त निर्णयको विरोध पनि भइरहेको छ। एक वा दुई सन्तान पाल्नै मुस्किल भएका बेला तीन सन्तान जन्माउन प्रोत्साहन गरिनु गलत हुने उनीहरुको तर्क छ।
Shares
प्रतिक्रिया