ad ad

समाज


३१ लाखबढीको सामानसहित नेपाली र भारतीय नागरिक पक्राउ

३१ लाखबढीको सामानसहित नेपाली र भारतीय नागरिक पक्राउ

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १६:६, काठमाडौँ

बाँके जिल्लाको खजुरा गाउँपालिका–६ स्थित सिमलघारी बाट सशस्त्र प्रहरीले करिब ३१ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न सामानको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका ५ बस्ने ५० वर्षीय कमल हलुवाई र चालक भारतको लखीमपुर जिल्ला कटौली ग्रामपञ्चायत बस्ने ३० वर्षीय भारतीय नागरिक साकिर हुसेनलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको गाडीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्यको सामान बरामद गरेको जनाएको छ।

जमध्य १४ लाख ७० हजार ३०० रुपैयाँको लत्ताकपडा, ५ लाख ८४ हजार रुपैयाँको काँस र १ लाख ४० हजार रुपैयाँको पित्तलका मूर्ति, भाँडाबर्तन तथा सजावटका सामग्री रहेका छन्।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद सामान र गाडीसहित आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ। गाडीको भन्सार दाखिला मूल्य करिब ९ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्रले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .