प्रहरीले काठमाडौंबाट ठूलो परिमाणमा नक्कली मदिरा बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीका विभिन्न स्थानमाबाट नक्कली मदिरा बरामद गरेको हो।
नक्कली मदिरा बिक्री वितरणमा संलग्न ९ जनालाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ। नक्कली मदिरा बेच्न गिरोहले राजस्वको स्टिकरसमेत नक्कली नै टाँसेर बजारमा लैजाने गरेको पाइएको छ।
प्रहरीका अनुसार गोल्डेन वाक, रुस्लान, खुकुरी रम, सिग्नेचर, डबल ब्ल्याक र ब्ल्याल लेबलसहितका विभिन्न ब्रान्डका नक्कली मदिरा बरामद भएका हुन्।
नक्कली मदिरा बिक्री वितरणमा सक्रिय गिरोहका ९ जनालाई उपत्यका अपराध अनुनसन्धान कार्यालयले बुधबार दिउँसो सार्वजनिक गर्दैछ।
288
Shares
प्रतिक्रिया