ad ad

समाज


राउटे समुदायकी १२ वर्षीया बालिकाको मृत्यु, जेठयता मात्रै ९ जना बिते

राउटे समुदायकी १२ वर्षीया बालिकाको मृत्यु, जेठयता मात्रै ९ जना बिते

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०८० शुक्रबार १६:४२, सुर्खेत

लोपोन्मुख जातिका रुपमा रहेको राउटे समुदायमा मृत्यु दर तीव्र बन्दै गएको छ। बिहीबार मात्रै राउटे समुदायकी एक बालिकाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा रहेकी छन्। मृतक बालिका एक महिनादेखि बिरामी परेकी थिइन्। 

गत २३ जेठ यता यस समुदायमा विभिन्न उमेर समूहका ९ जनाको मृत्यु भएको छ। जेठ २३ गते राउटे समूदायका जेष्ठ सदस्य ९१ वर्षीय कणर्बहादुर शाहीको मृत्यु भएको थियो। 

त्यसयता ६६ वर्षीय महामुखिया महिनबहादुर शाही, तुल्सी शाही, शान्ति शाही, सिमल शाही, भद्रबहादुर शाही, पाँच महिने बालिका बालकुमारी शाही र एक महिने बालक भैरव शाहीको मुत्यु भएको छ। 

बालिकाको मृत्यु भएपछि दैलेखको भैरवी गाउँपालिका ४ मा बसोबास गर्दै आएका राउटेहरू शुक्रवार दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिका ४ को सईयातडामा बसाइँ सरेका छन्।

मान्छेको मृत्युु भएपछि बसाइँ सर्ने परम्परा यो समुदायमा छ। दुई वर्षयता अस्वस्थ खानपिन र जीवनशैलीका कारण राउटेको जनसंख्या घट्दै गएको छ। 

अब राउटे समुदायको जनसंख्या एक सय ३७ मात्रै रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .