ad ad

समाज


माघ २३ गतेको राशिफल

माघ २३ गतेको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
माघ २३, २०८० मंगलबार ५:८, काठमाडौँ

आज २३ माघ २०८०। अंग्रेजी पात्रो अनुसार ६ फेब्रुअरी २०२४। राशिअनुसार कस्तो छ त आजको दिन, हेर्नुस् राशिफल-

मेष : रोकिएका काम पुनः सुरु हुन सक्छन्। पारिवारिक भेटघाटमा रमाइनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। विद्या र बुद्धिको विकास हुनेछ। सामाजिक र वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

मेष राशिको आजको भाग्यशाली रङ्ग गुलाबी रहेको छ भने भाग्यशाली अङ्क ८ रहेको छ। यो राशि हुनेहरूले आज प्रेम र सम्बन्धमा ८० प्रतिशतसम्म सफलता पाउने छन्।

त्यस्तै, व्यापारमा ७७, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेको आजको स्वास्थ्य ६२ प्रतिशत अनुकूल रहनेछ भने यात्रामा सरिक हुने योग ७१ प्रतिशत रहेको छ।

आजको सम्पूर्ण भाग्याङ्क भने ८१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिनु राम्रो हुनेछ भने सजिलै अरूको विश्वास गर्दा फसिने सम्भावना छ।

वृष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

आज वृष राशिको भाग्यशाली रङ्ग निलो रहेको छ भने भाग्यशाली अङ्क ४ रहेको छ। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। त्यस्तै, स्वास्थ्य अनुकूलता ४१ प्रतिशत रहेको छ भने यात्राको योग ५० प्रतिशत रहेको छ।

यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ३३ प्रतिशत मात्रै रहेको छ। नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्दा फल प्राप्ति हुनेछ भने झुट बोल्दा बन्न लागेको काम पनि बिग्रेन सक्छ।

मिथुन : आजको दिन लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। मनमा सेवा र सहयोग भाव आउला। कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ। आहार-विहारप्रति भने सजग रहनु पर्छ।

मिथुन राशिको आजको भाग्यशाली रङ्ग रातो रहेको छ। भाग्यशाली अङ्क भने ५ हो। प्रेम र सम्बन्धमा ५० प्रतिशत सफलता मिल्नेछ। त्यस्तै, व्यापारमा ५५, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। त्यसैगरी स्वास्थ्य अनुकूलता ६५ प्रतिशत र यात्राको योग ६१ प्रतिशत रहेको छ।

यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ भने उत्तर दिशा नजाँदा बेस हुन्छ।

कर्कट : रमणीय र सुखद् यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिन्छ। व्यापार व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुने देखिन्छ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

कर्कट राशिको आजको भाग्यशाली रङ्ग खैरो हो भने भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८४ र व्यापारमा ६६ प्रतिशत सफलता मिल्ने देखिन्छ। सेयर बजारमा भने यो राशिलाई आज त्यति अनुकूल समय छैन। सेयर बजारको भाग्याङ्क जम्मा ५ प्रतिशत रहेको छ। वैदेशिक कार्यमा ८१ र शिक्षामा ६४ प्रतिशतसम्म सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

कर्कट राशि हुनेले आज भगवान् शंकरजीको दर्शन गर्ने र तामसिक भोजन नगर्दा राम्रो हुनेछ।

सिंह : नयाँ कार्य सम्पादनमा सहजता मिल्नेछ। धार्मिक, सांस्कृतिक, दान, पुण्य जस्ता कार्यमा सहभागी भइनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग पर्पल रहेको छ र भाग्यशाली अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ५० प्रतिशत सफलता मिल्नेछ। सिंह राशिको पनि आज सेयर बजारका साथै व्यापारमा समेत भाग्याङ्क राम्रो छैन। व्यापारमा १५ र सेयर बजारमा ५ प्रतिशत मात्रै सफलता मिल्नेछ।

त्यस्तै, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य ८२ प्रतिशत अनुकूल रहनेछ, यात्राको योग ७२ प्रतिशत रहेको छ भने सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।
सिंह राशि हुनेले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा सोचेको कुरा पुग्न सक्दछ भने छलकपट गर्नाले झन् काम बिग्रने देखिन्छ।

कन्या : आफूले ठिक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। पढाइलेखाइमा पनि प्रगति देखिँदैन। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा भने प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहनेछ।

यो राशि हुनेको आजको भाग्यशाली रङ्ग हरियो हो। त्यस्तै भाग्यशाली अङ्क ७ रहेको छ भने प्रेम र सम्बन्धमा ४१ प्रतिशत मात्रै सफलता मिल्नेछ।

त्यस्तै, व्यापारमा ४९, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेको स्वास्थ्य आज ४५ प्रतिशत अनुकूल रहनेछ। यात्राको सम्भावना ३३ प्रतिशत मात्र छ। सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत मात्र रहेको छ।

कन्या राशि हुनेले आज घरबाट निस्कँदा दही खाने र भरिसक्के लामो यात्रा नगर्ने।

तुला : पारिवारिक भेटघाटमा रमाइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। बोलीको प्रभावले स्वरोजगार भइनेछ।

तुला राशि हुनेको आज भाग्यशाली रङ्ग पर्पल हो भने भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७९, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

आज तुला राशि हुनेहरूको स्वास्थ्य ७३ प्रतिशत ठिक रहनेछ। यात्राको योग ८२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भोकालाई भोजन दिने र निलो रङ्गको प्रयोग नगर्दा राम्रो हुनेछ।

वृश्चिक : रमणीय, सुखद र धार्मिक यात्राको योग छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कृषि र उत्पादनमूलक कार्य अघि बढ्नेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। वैदेशिक कामबाट राम्रै सफलता मिल्नेछ।

आजको भाग्यशाली रङ्ग सेतो रहेको छ भने भाग्यशाली अङ्क १। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२ प्रतिशत रहेको छ भने यात्राको योग ७५ प्रतिशत रहेको छ। यस्तै, सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज रोगीलाई सहयोग गर्ने र कालो रङ्गको प्रयोग नगर्दा राम्रो हुनेछ।

धनु : चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। धेरै समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर मिल्नेछ।

धनु राशिको आजको भाग्यशाली रङ्ग खैरो हो भने भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७५, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य सबलता ५१ प्रतिशत, यात्राको योग ७७ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ।

यो राशि हुनेले आज हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ भने छलकपट गर्न खोजेमा आफैँलाई हानि हुनेछ।

मकर : उच्च महत्त्वाकाङ्क्षाले चुनौती र झमेला आउने देखिन्छ। खानपिनप्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। साँझमा भने सफल यात्राको योग रहेको छ।

यस राशिको आजको भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४५, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको सम्भावना ६२ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ।

मकर राशि हुनेले आज प्यासीलाई पानी दिनाले मनले चिताएको पूरा हुनेछ तर सजिलै अरूको विश्वास गर्दा धोका पाइन सक्छ।

कुम्भ : चिताएको कामले तीव्रता लिने र रोकिएका काम पुनस् प्रारम्भ हुनेछन्। रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्छ। शुभकार्यमा धन खर्च हुनसक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ।

यो राशिको आजको भाग्यशाली रङ्ग रातो रहेको छ भने भाग्यशाली अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ८८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६० प्रतिशत सफलता पाइनेछ।

स्वास्थ्यले आज ५५ प्रतिशत मात्र साथ दिनेछ भने यात्राको योग ५० प्रतिशत रहेको छ। साथै, सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ।

यो राशि हुने आज घरबाट निस्कँदा गुण खाँदा राम्रो हुनेछ भने छलकपटतिर लागेमा तारो आफैँतिर सोझिनेछ।

मीन : दैनिक कार्यमा प्रगति हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। धर्मकर्ममा मन जानेछ।

मीन राशिको आज भाग्यशाली अङ्क ९ रहेको छ भने प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अवस्था ५७ प्रतिशत ठिक रहनेछ, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ।

यो राशि हुनेले आज विद्यार्थीलाई सहयोग गर्दा शैक्षिक क्षेत्रमा प्रगति गर्न सकिनेछ। आज खैरो रङ्गको प्रयोग नगर्दा नै बेस हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .