ad ad

समाज


विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँचजना पक्राउ

विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँचजना पक्राउ

नेपालखबर
चैत ८, २०८० बिहिबार २१:४७, काठमाडौँ

बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

उनीहरुले पीडितहरूबाट रकम लिए पश्चात विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडिततको जाहेरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्चीका ३५ वर्षीय पुरुषोत्तम गिरी, काठमाडाैंकाे बूढानीलकण्ठकी १९ वर्षीया श्रृति शाही, सोही स्थानका ३५ वर्षीया मन्दिरा बोम्जन गुरुङ कैलाली टिकापुरकी २६ वर्षीया अस्मिता बम र सुनसरीको भोक्राहाकी वर्ष ३० की अनिता कुमारी यादव रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .