ad ad

समाज


दीपेन्द्र ढुंगानाको फोटो किताब ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक

दीपेन्द्र ढुंगानाको फोटो किताब ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार २०:३१, काठमाडौँ

कोरोना महामारीको समयमा मुलुकले भोगेको त्रासदीमा खिचिएका तस्वीरहरूको संकलन ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक भएको छ।

कोरोनाको समयका फोटो पत्रकार दिपेन्द्र ढुंगानाले खिचेका तस्वीरहरूको संकलनमा विभिन्न त्रासदीका विभिन्न अवस्थाहरू समेटिएका छन्।

किताबमा कोरोनाबाट संक्रमित भएकादेखि ज्यान गुमाएकासम्मको, संक्रमणबाट जोगिन हिँडेकादेखि जोगाउन हिँडेकासम्मको र अस्पतालदेखि चिहानसम्मका मान्छेका कथाहरू छन्।

विभिन्न नौवटा विधामा छुट्याइएका तस्वीरहरूलाई सरकारले संक्रमण नियन्त्रका लागि लगाएको कथा लकडाउन, सहरमा बस्न नसकेर घर जानेहरूको कथा मार्च टु होम, रोजगारी गुमाएका श्रमिकहरूको कथा प्लाइट अफ वर्कर्स, संक्रमितहरूको उपचारमा खटेका स्वास्थ्यकर्मी र अस्पतालहरूको कथा हस्पिटल एन्ड हेल्थ वर्कर, संक्रमण ज्यान गुमाएका र तिनको व्यवस्थापनमा अनवरत खट्नेहरूको कथा डेड बडी म्यानेजमेन्ट, कोरोना कालमा मान्छेले गरेका सांस्कृतिक गतिविधिको कथा, आन्दोलन, फिल्डमा गएर काम गर्ने पत्रकार, सुरक्षाकर्मी, कर्मचारीलगायतका कथा र भ्याक्सिनका लागि झेल्नु परेको सास्तीलाई फोटोमा उतारिएको छ।

नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत फोटो पत्रकार ढुंगाना कोरोनाको समयमा फिल्डमा गएर काम गर्ने पत्रकार मध्येमा पर्थे। उनले काठामाडौं उपत्यका भरीका अधिकांश क्षेत्रमा जीवनका लागि संघर्ष गरिरहेका हरूका कथालाई क्यामेराको लेन्सले कैद गरेका छन्।

पत्रकार ढुंगाना कोरोनाको समयमा आम मान्छेका भोगाइलाई इतिहासमा दस्तावेजिकरण गर्नका लागि तस्वीरलाई पुस्तकको रूप दिएको बताउँछन्।

‘कोरोनाको समय असाध्यै त्रासदिपूर्ण थियो। कैयौं मान्छे घराभित्रै बसेर यसबाट जोगिन कोशिश गरिरहेका थिए भने कतिपयलाई त्यो सुविधा थिएन। एक प्रकारले भन्नू पर्दा मान्छेले आफ्नो आँखै अगाडी मृत्यु देख्नु परेको अवस्था थियो’ ढुंगाना भन्छन्, ‘त्यो समय कस्तो थियो भनेर भविस्यमा हेर्न सकिने भनेको तस्वीरमा नै हो। त्यसैले मैले यसलाई समयको दस्तावेजिकरणका लागि पनि पुस्तकको रूप दिनुपर्छ भन्ने लागेको हो।’

पुस्तकमा प्रकाशित तथा अप्रकाशित १२० वटा तस्वीर छन्।

ढुंगानाले टेलिभिजन, म्यागजिन, अनलाइन र पत्रिकालगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत काम गरिरहेका छन्। पुस्तक इन्डिगो इंक प्रकाशनले बजारमा ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .