आज बिहीबार, २० भदौ २०८१ (५ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : इनाम र प्रतिष्ठा कमाउने बेला छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुनेछ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृष : इच्छा/आकाङ्क्षा पूर्ण हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पुनर्मिलनको योग छ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। सामाजिक उत्तरदायित्त्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।
भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
मिथुन : सुखदुःख बराबरी हुनेछ। वैदेशिक कार्यमा सफलता पाइएला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। साँझमा पैसा खर्च हुन सक्छ।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
कर्कट : नयाँ र शुभकार्यको चर्चा सुन्न पाइनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
सिंह : दिन भाग्यशाली छ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछ। सरकारी निकायका काममा भने केही झमेला हुन सक्छ।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कन्या : दिनको उत्तरार्ध अधिक सुखद रहनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। कामहरू अगाडि बढ्नेछन्। मनपर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ।
भाग्यशाली रङ घ्यू रङ रहेको छ भने अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
तुला : जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउला। घर व्यवहारमा झमेला रहला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।
भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
वृश्चिक : लगनशील भइनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। पढाइलेखाइमा भने खासै प्रगति हुँदैन।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : मनमा शान्ति छाउनेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। विश्वासपात्रले भाषा परिवर्तन गर्न सक्छन्। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मकर : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। लक्ष्यप्राप्तिको योग देखिन्छ। कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ। प्रेम सम्बन्ध फक्रनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्।
भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कुम्भ : कार्यमा अवरोध आउला। आर्थिक कारोबारमा मन्दी छाउनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। साँझमा भने प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मीन : सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग छ। दैनिक कार्यमा प्रगति हुनेछ। बोलीको भरमा सङ्कल्पसिद्ध हुन सक्छ। शुभ समाचार सुन्नमा आउला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
Shares
प्रतिक्रिया