ad ad

समाज


मन्त्रीले १ महिना र सांसदले १५ दिनको तलब दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

मन्त्रीले १ महिना र सांसदले १५ दिनको तलब दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

नेपालखबर
असोज १४, २०८१ सोमबार २१:२२, काठमाडौँ

सरकारका मन्त्रीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ महिनाको र सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने भएका छन्। 

देभैभरको वर्षाका कारण आएको विपत्तिमा क्षति पुगेकाहरूलाई राहत दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

‘मन्त्रीको एक महिनाको तलब दिने, सांसदले १५ दिनको तलब दिने निर्णय भएको छ,’ ती मन्त्रीले नेपालखबरसँग भने। 

सोमबार अपरान्ह अमेरिकाबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले लगत्तै मन्त्रिपरिषद् बैठक राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .