जुवातास खेलेको आरोपमा प्रहरीले काभ्रेबाट सात जनालाई पक्राउ गरेको छ।
पनौती बसपार्कमा मनिक श्रेष्ठले सञ्चालन गरेको खाजघरबाट शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरुको साथबाट ५६ हजार ५७० रुपैयाँ नगद र एकबुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बनेपामा राखेर थप अनुसन्धान अघि बढाएको छ।
36
Shares
प्रतिक्रिया