एकजना भारतीय नागरिकले नेपालस्थित ससुरालीमा आएर श्रीमतीको हत्या गरेका छन्।
माइतीमा बस्दै आएकी २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा प्रहरीले भारतको बिहार राज्यस्थित प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान पक्राउ गरेको छ।
बाराको सिम्रौनगढ नगरपालिका-६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुलेको छ।
इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले हत्यामा संलग्न ती भारतीय नागरिकलाई पक्राउ गरेको हो।
घटनापछि अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएका छन्। उनको अहिले प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ।
219
Shares
प्रतिक्रिया