ad ad

समाज


पर्साबाट ९ महिनामा ५६ करोडको अवैध सामान बरामद

पर्साबाट ९ महिनामा ५६ करोडको अवैध सामान बरामद

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०८१ आइतबार ११:११, वीरगन्ज

चालु आर्थिक वर्षको नौ महिनामा पर्साबाट रु ५६ करोड एक लाख छ हजार नौ सय रुपैयाँ बराबरको अवैध रामान बरामद भएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले गएको साउनदेखि चैतसम्म भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका ५६ करोड भन्दा बढी मूल्यका सामान बरामद गरेको हो। 

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रु ५६ करोडभन्दा बढीका अवैध सामान बरामद गरिएको जानकारी दिए। ‘पर्साको एक सय सात किलोमिटर क्षेत्र भारतसँग खुला सिमाना जोडिएको छ ।  सीमित सुरक्षाकर्मीको सहयोगमा  चोरी पैठारी नियन्त्रण गरिरहेका छौँ,’ उनले भने। 

नेपाल प्रहरीले यस अवधिमा अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै  ३६ करोड ३९ लाख ८९ हजार नौ सय ६९ बराबरको सामान बरामद गरेको छ। 

सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजकअनुसार नभएका रु १९ करोड ६१ लाख १६ हजार ४० बराबरका सामान नियन्त्रणमा लिएको छ । आव २०७८र७९ मा रु २३ करोड ४९ लाख २१ हजार एक सय ४५ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो। आव २०७९÷८० मा रु ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ बराबरका सामान  बरामद भएको थियो। 

प्रमुख जिल्ला अधिकारी भुसालले आपराधिक गतिविधि नियन्त्रणका निमित आफ्ना भारतीय समकक्षीसँग पनि मासिक रुपमा बैठक गर्दै आएको बताए। 

दशगजामा खेतीपाती, पशुहाट कुखुरा फार्म, माछा पोखरीलगायत संरचना निर्माण हुँदा अवाञ्छित गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेको छ। सीमा सुरक्षा र त्यहाँ हुने अवैध कारोबार रोक्न संयुक्त गस्ती र बजार अनुगमन नियमित रूपमा भइरहको स्थानीय प्रशासनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .