ad ad

खेल


प्रशिक्षक हुमागाईंको अभिव्यक्तिप्रति एनएसजेएफको आपत्ति

प्रशिक्षक हुमागाईंको अभिव्यक्तिप्रति एनएसजेएफको आपत्ति

नेपालखबर
असोज १२, २०७९ बुधबार १९:४५, काठमाडौँ

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेलपश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले मञ्चलाई जोडेर दिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेलपछि आयोजित ‘पोस्ट म्याच कन्फ्रेन्स’ का क्रममा प्रशिक्षक हुमागाईंले पत्रकारमाथि आक्रोश पोख्दै मञ्चलाई आर्थिक सहयोग गर्ने गरेको बताएका थिए।

उनको सो भनाइलाई ‘गैरव्यावसायिक टिप्पणी’ भन्दै मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार विज्ञप्ती जारी गर्दै त्यस प्रकारको व्यक्तिगत सहयोग कहिल्यै स्वीकार नगरेको र भविष्यमा पनि नगर्ने मञ्चले दाबी गरेको छ। साथै प्रशिक्षक हुमागाईंको व्यवहारप्रति भर्त्सनासमेत गरेको छ। 

उनको त्यो अभिव्यक्ति अत्यन्तै गैरव्यावसायिक, गैरजिम्मेवार, निम्न सोचबाट आएको र पदीय मर्यादाविपरीत रहेको मञ्चले जनाएको छ।

खेलबारे विश्लेषण र पत्रकारको प्रश्नका जबाफ दिनुको साटो प्रशिक्षक हुमागाईंले उल्टै नेपालका खेल पत्रकारमाथि निराधार आरोप लगाउँदै उनीहरूमाथि गलत धारणा पनि प्रस्तुत गरेको मञ्चले निष्कर्ष निकालेको छ।

उनको व्यवहार खेल भावनाविपरीत रहेको र उनमा पत्रकार सम्मेलनका क्रममा कसरी प्रस्तुत हुनुपर्छ भन्ने सामान्य ज्ञानको पनि अभाव देखिएको मञ्चले जनाएको छ। 

साथै मञ्चले प्रशिक्षक हुमागाईंको निन्दनीय प्रस्तुतिबारे अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएको र उनलाई आवश्यक कारबाही गर्न पनि माग गरेको छ।

प्रशिक्षक हुमागाईंको यस प्रकारको व्यवहारका कारण एन्फासँग रहँदै आएको सम्बन्ध पनि प्रभावित हुने मन्चले चेतावनी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .