च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको समूह सीको खेलमा बार्यन म्युनिखले भिक्टोरिया प्लेजेनमाथि ५–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।
मंगलबार भएको खेलमा बार्यन म्युनिखलाई जित दिलाउने क्रममा लेरोय सानेले दुई गोल गरे भने सर्ज ग्नाब्री, साडियो माने र एरिक म्याक्सिम चोउपो–मोटिङले १÷१ गोल गरे।
विपक्षी टोलीको तर्फबाट भने कुनै गोल हुन सकेन। यससँगै बार्यन म्युनिखले समूह सीमा तीन खेलबाट शतप्रतिशत जितका साथ ९ अंक हात पारेको छ।
51
Shares
प्रतिक्रिया