चर्चित युवा स्ट्राइकर किलियन एम्बाप्पेल फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको कप्तानको जिम्मेवारी पाएका छन्।
कतार विश्वकपको फाइलनमा अर्जेन्टिनासँग पराजित भएयता पहिलो पटक फ्रान्स सन् २०२४ को युरो कप छनोट अभियानमा जाँदै छ।
युरोकप २०२४ को छनोटका लागि फ्रान्सले यसै महिना नेदरल्यान्ड्स र रिपब्लिक अफ आयरल्यान्डसँग खेल्दैछ। जर्मनीमा १८ महिनापछि हुने प्रतियोगिताका लागि फ्रान्सले आफूलाई तयार गर्न लागिरहेको छ।
ह्ययुगो लोरिसले अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सको कप्तानका लागि एमबाप्पे र एन्टोनी ग्रिजम्यानको नाम चर्चामा थियो।
तर फ्रान्सेली खेल पत्रिकाहरुका अनुसार फ्रेन्च फुटबलको एक नए युगको हिस्साका रुपमा डेसच्याम्प्सले अनुभवी ग्रिजम्याननको साटो एमबाप्पेलाई कप्तान बनाएका हुन्।
लोरिससँगै राफेल भार्नले पनि सन् २०२३ को सुरुवातमै अन्तरर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका छन्।
यही परिदृश्यबीच डेसच्याम्प्सले ठूलो परिवर्तनको संकेत दिँदै एम्बाप्पेलाई घरेलु मैदानमा मार्च २४ मा हुने डचविरुद्धको खेलका लागि पहिलो पटक फ्रान्सको नेतृत्वका लागि तयार गरेका हुन्।
प्रतिक्रिया