प्रधानमन्त्री कप थ्री नेशन्स कपमा लोसविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
लाओसविरुद्धको खेलका लागि मुख्य प्रशिक्षकले सार्वजनिक गरेको सुरुवाती ११ मा सनिस श्रेष्ठले डेब्यु गर्ने भएका छन्।
एपीएफ फुटबल क्लबका सनिस श्रेष्ठले लाओससँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्न लागेका हुन्।
फ्रेण्डस क्लबबाट ए डिभिजनमा प्रभाव जमाएका उनी एपीएफ पुगेका हुन्। राइट ब्याक र सेन्टर डिफेन्स खेल्जे सनिसले सिनियर टोलीमा डेब्यु गरेका हुन्।
घरेलु मैदानमा हुन लागेको खेलमा नेपाल र लाओस ६ वर्षपछि भेट हन लागेका हुन्।
नेपाली टोलीः
किरणकुमार लिम्बु, विकास खवास, अनन्त तामाङ। नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिष श्रेष्ठ र रोहित चन्द ठकुरी
चैत ८, २०७९, बुधबार
प्रतिक्रिया