अर्जेन्टाइन सुपरस्टार लिओनेल मेस्सीले करिअरको ८०० गोल पूरा गरेका छन्।
शुक्रबार बिहान पनामाविरुद्ध भएको मैत्रीपूर्ण खेलमा फ्री किकमार्फत उत्कृष्ट गोल गरेका हुन्। यससँगै उनले क्लब र अर्जेन्टिनाबाट खेल्दा गरेको गोल संख्या ८०० पुर्याएका हुन्।
कतारमा भएको विश्वकप जितेपछि पहिलो खेलका क्रममा मेस्सीले पनामाविरुद्ध ८० औँ मिनेटमा फ्री किकबाट सुन्दर गोल गरेका हुन्।
तर कमजोर प्रतिद्वन्द्वीविरुद्ध गोलका लागि अर्जेन्टिनाले दोस्रो हाफ कुर्नुपर्यो। उसका लागि खेलको ७८ औँ मिनेटमा थियागो अल्माडाले खाता खोलेका थिए।
मेस्सीले गोल गरेकै दिन पोर्चुगिज स्टार रोनाल्डोले पनि आफ्नो करिअरको ८३० औँ गोल गर्न सफल भएका छन्।
कतार विश्वकपमा निराशाजनक प्रदर्शनपछि रुँदै मैदान छाडेका रोनाल्डले युरोकप छनौटका क्रममा लिचेस्टाइनविरुद्ध दुई गोल गरे।
चैत १०, २०७९, शुक्रबार
प्रतिक्रिया