ad ad

खेल


फरक भूमिकामा देखिइन् न्यु डायमन्डकी पूर्वकप्तान ललिता (भिडिओ)


लक्ष्मी जि.सी
असार ३० , काठमाडौँ

दशक लामो समय न्यु डायमण्डको जर्सीमा देखिएकी ललिता नाथले काठमाडौंमा जारी सातौं महिला पुरुष कप महिला पुरुष क्लब लिग भलिबलको संघारमा सन्यास लिने घोषणा गरिन्।

सक्रिय खेल जिवन बाँकी रहँदै एकाएक उनले सन्यास घोषणा गरेपछि समर्थकहरू आश्चर्यमा परेका थिए। किनभने घरेलु भलिबलमा न्यु डायमन्डलाई विभिन्न उपाधि दिलाउन महत्वपुर्ण भूमिका खेलेकी उनी व्यक्तिगत विधामा पनि उत्कृष्ट थिइन्। तर स्वास्थ्यलाई कारण देखाउँदै उनले विश्रामको घोषणा गरेकी थिइन्।

खेलाडीबाट विश्राम लिएकी उनी यतिबेला नयाँ भूमिकामा देखिएकी छन्। उनी यतिबेला सहायक प्रशिक्षकको भूमिकामा देखिएकी छन्। 

डायमण्डको जर्सीमा दशक लामो समय बिताएकी उनको राष्ट्रिय टोलीको जर्सी लगाउने सपना भने अधुरै रहेको थियो। ललिताको राष्ट्रिय टोलीसम्मको यात्रा अधुरै रहे पनि डायमण्डबाट सिनियर टोलीका लागि थुप्रै खेलाडीले स्थान बनाएका छन्। 

आफ्नो शारीरिक उचाईका कारण सिनियर टोलीमा पर्दिनँ भन्नेमा ललिताको मनमा पनि शंका थियो। 

रुकुम पश्चिममा जन्किएकी ललिताको बाल्यकाल त्यहाँ दुई वर्ष मात्र बित्यो। ललिता तीन वर्षको हुँदा उनको परिवार दाङ झर्‍यो। परिवारकी एक्ली सन्तान ललिता सात वर्षको हुँदा काठमाडौं आइन्। मामाको घरमा बसेर पढ्न थालेकी ललिता ब्राइट फ्युचर स्कुलमा पढ्थ थालिन्। त्यहीबाट उनी डायमण्डसम्म पुगिन्। सात कक्षादेखि डायमण्डमा आएकी ललिताको खेल जीवनले त्यहीँबाट गति समात्न थाल्यो। 

तत्कालीन समयमा न्यु डायमन्डबाट रमिला तण्डुकार खेल्थिन्। प्रतिभा माली, कृपा अधिकारी, लिना श्रेष्ठ, पनामिका राई लगायत साना साना खेलाडी खेलेको देख्दा ललितालाई पनि खेल्न मन लाग्यो। 

ललिताले पहिलो कराते सिकिन्। भलिबल सुरु गर्दा १४ वर्षकी थिइन्। डायमण्डबाट नै ललिताले घरेलु भलिबलमा आफ्नो परिचय स्थापित गरिन्। 

२०६८ सालदेखि महिला भलिबल खेल्न थालेकी ललिताले दशक लामो समय उत्कृष्ट प्रर्दशन गरिरहिन्। व्यक्तिगत स्पर्धामा आफूलाई अब्बल स्थापित गराएकी ललिताले अन्तत: स्वास्थ्यको कारण देखाउँदै नयाँ खेलाडीलाई स्थान दिनुपर्छ भन्दै आफ्नो खेल जीवनलाई बिट मारिन्। 

सन्यासपछि ललिताले भनिन्, ‘खेल जीवनबाट सन्यास लिँदा दु:ख त लाग्छ नै। तर पनि नयाँ खेलाडीलाई मौका दिनका लागि मैले विश्राम लिने बेला आएको हो। तर भलिबलबाट कहिल्यै टाढा हुँदिनँ।'

भलिबलमा कुनै न कुनै भूमिकामा सक्रिय रहनेमा दृढ ललिता अब खेलाडी उत्पादनमा सक्रिय हुने सोचमा छिन्। 

तस्बिर/भिडिओ : सरोज नेपाल

असार ३०, २०८० शनिबार १०:३५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .