भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्या चोटका कारण विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका छन्। उनको स्थानमा भारतीय टोलीमा प्रसिद्ध कृष्णलाई स्थान दिइएको छ।
हार्दिकले सामाजिक सञ्जालमार्फत आफूलाई यो अवस्था ‘पचाउन’ गाह्रो परिरहेको उल्लेख गरेका छन्। तर हृदयदेखि आफू टिम इन्डियाको साथमा रहने उल्लेख गरेका छन्।
बंगलादेशविरुद्ध पुणेमा भएको खेलमा हार्दिक पाण्ड्या घाइते भएका हुन्। । हार्दिक पाण्ड्याले लेखेका छन्, ‘विश्वकपका बाँकी खेल गुमाउनुपर्ने कुरा पचाउन गाह्रो भइरहेको छ। खेलका हरेक बलमा उनीहरूलाई हौसला प्रदान गर्दै हृदयदेखि टिमको साथमा रहनेछु।’
261
Shares
प्रतिक्रिया