आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो।
नेपालले आजको खेलमा सेमिफाइनल खेल्ने टोलीबाट एक परिवर्तन गरेको छ।
दीपेन्द्र सिंह ऐरीको स्थानमा सेमिफाइनलमा सन्दीप जोरालाई ल्याइएको हो।
नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको हो।
यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो।
168
Shares
प्रतिक्रिया