आइसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा ओमानविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सातौं ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ४८ रन बनाएर खेलिरहेको छ।
ओमानविरुद्ध आक्रमक ब्याटिङ गरिरहेका ओपनर कुशलले पावर प्लेमा १८ बलमा ३ चौका र २ छक्का मद्धतमा ३० रन बनाएर खेलिरहेका छन्। सन्दीप जोरा १० रन बनाएर पवेलियन फर्के।
त्यसअघि नेपालले तेस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमाएको थियो। ६ रन बनाएका आशिफ विलाल खानको बलमा कश्यक प्रजापतिको हातबाट क्याच आउट भए।
अहिले क्रिजमा ओपनर कुशल भुर्तेल ३० र कुशल मल्ल शुन्य रनमा नटआउट छन्।
60
Shares
प्रतिक्रिया