अलराउण्डर गुल्सन झाले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा आर्धशतक प्रहार गरेका छन्।
गुल्सनले २० बलमा ५ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।
यो टी-२० आई मा गुल्सनको पहिलो अर्धशतक हो। उनी विस्फोटक ब्याटिङसहित २५ बलमा ५४ रन बनाएर आउट भए।
उनले आफ्नो पारीमा ५ चौका र ४ छक्का पनि प्रहार गरेका छन्।
१७ औं ओभरको खेल जारी रहँदा नेपालले ४ विकेटको क्षतिमा ओमानविरुद्ध १ सय ३१ रन बनाएर खेलिरहेको छ।
69
Shares
प्रतिक्रिया