नेपाली कप्तान रोहित पौडेलले पनि ओमानविरुद्धको खेलमा अर्धशतक बनाएका छन्।
आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत ओमानविरुद्धको फाइनल खेलमा नेपालका कप्तान रोहितले पनि ३६ बलको सामना गर्दै ५१ रनसहित अर्धशतक पूरा गरेका हुन्।
यसअघि गुलशन झाले पनि २४ बलमा ५० रन बनाएका थिए। यससँगै ओमानविरुद्ध गुलशन र रोहित दुई खेलाडीले अर्धशतक बनाएका छन्।
ताजा अवस्थामा नेपाल ६ विकेटको क्षतिमा १७४ रन बनाएर खेलिरहेको छ। नेपालले अहिले अन्तिम ओभर सामना गरिरहेको छ।
प्रतिक्रिया