आईसीसी विश्वकप २०२३ मा भारतसँग ५५ रनमा अल आउट भएपछि सरकारले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ।
सोमबार श्रीलंकाका खेलकुद मन्त्री रोशन रणसिंघेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका छन्।।
उनले शाम्मी सिल्भा अध्यक्ष रहेको बोर्डलाई निलम्बन गर्दै ७ सदस्यीयत अन्तरिम समिति गठन गरेका छन्। त्यसपछि उनले पुर्व कप्तान अर्जुना रातुङ्गालाई अन्तरिम समितिको अध्यक्षको जिम्मेवारी दिएका छन्।
गत बिहीबार जितको लागि ३ सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका भारतसँग ५५ रनमा अल आउट भएको थियो।
सो हारपछि श्रीलंका क्रिकेट बोर्डको अफिस अगाडि समर्थकले नाराबाजी गरेका थिए।
सरकारको सिधै हस्तक्षेपपछि श्रीलंका क्रिकेट बोर्डलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले निलम्बन गर्ने सम्भावना पनि बढेको छ।
Shares
प्रतिक्रिया