ad ad

खेल


विश्वकप क्रिकेट : म्याथ्युजको ‘टाइम आउट’ले चर्चामा छ बंगलादेशले श्रीलंकालाई हराएको खेल

विश्वकप क्रिकेट : म्याथ्युजको ‘टाइम आउट’ले चर्चामा छ बंगलादेशले श्रीलंकालाई हराएको खेल

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ९:३, काठमाडौँ

विश्वकप क्रिकेटको ३८औँ खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ।

भारतको नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा सोमबार भएको यो खेलमा बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। 

श्रीलंकाले ४९.३ ओभरमा २७९ रन बनाएको थियो। टोलीका लागि चरित असालान्काले १०८ रन बनाए भने सादिरा समाराविक्रमा र पाथुम निसान्काले ४१–४१ रनको योगदान दिए। 

बंगलादेशका लागि तान्जिद हसनले सर्वाधिक ३ विकेट लिए। यसबाहेक कप्तान शकिब र शरीफुल इस्लामले दुई–दुई विकेट लिए भने बंगलादेशले श्रीलंकालाई तीन विकेटले जित्यो। 

बंगलादेशका लागि नजमुल हुसेन शान्तोले सर्वाधिक ९० रन बनाए भने कप्तान शकिब अल हसनले ८२ रनको उत्कृष्ट इनिङ्स खेले।

माथ्युजको टाइम आउट
श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्युजको टाइम आउट भएका कारण यो खेल निकै चर्चामा छ। 

श्रीलंकाको इनिङ्समा २४।२ ओभरपछि एन्जेलो म्याथ्युज क्रिजमा आए। बंगलादेशका कप्तान शकिब अल हसनले २५ औं ओभरको दोस्रो बलमा श्रीलंकाका ब्याट्सम्यान सादिरा समराविक्रमालाई आउट गरेका थिए। श्रीलंकाको इनिङ्सको यो चौथो विकेट हो। म्याथ्युज छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए।

खेलसँग सम्बन्धित भाइरल भिडियोमा देख्न सकिन्छ– एन्जेलो म्याथ्युज क्रिजमा आए। उनले निहुरेर क्रिजमा कोरिएको सेतो रेखा छोए र आफ्नो टाउकामा हात राखे। त्यसपछि उनले हेलमेटको पट्टा ताने। स्ट्र्यापमा केही समस्या देखापर्‍यो र उनी मोडिए। अनि आफ्नो हेलमेट फुकाले र पवेलियनतर्फ इशारा गरे, मानौँ उनी दोस्रो हेल्मेट मागिरहेका छन्।

यसैबीच बंगलादेशका कप्तान शकिब अल हसनले मुस्कुराउँदै अम्पायरलाई टाइम आउटका लागि अपिल गरेका छन्।

त्यसपछि म्याथ्युज अलमलमा पर्छन्। 

भिडिओमा म्याथ्युजले पनि अम्पायरहरू (रिचर्ड लिङवर्थ र मारेस इरास्मस) नजिक गएर उनीहरूलाई ढिलाइको कारण बुझाउने प्रयास गरेको देखिन्छ।

यसैबीच, अम्पायरहरूले मुस्कुराउँदै शकिबलाई सोध्छन्– तपाईं म्याथ्युजको आउटका लागि अपिल गर्दै हुनुहुन्छ?

यसपछि शकिब र उनको बंगलादेश टोलीले आफूहरू अपिलका विषयमा गम्भीर रहेको यो फिर्ता नलिएको बताउँछन्।

अनि भिडिओमा म्याथ्युजले साकिबलाई केही भन्दै गरेको देखिन्छ। त्यसपछि अम्पायरले उनलाई मैदान बाहिर जान आग्रह गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .