एसियन क्रसकन्ट्री रजत पदक विजेता राजपुरा पछाई आफ्नो जन्मथलोमा सम्मानित भएकी छन्।
राजपुरालाई आफ्नो जन्मथलो जुम्लाको कनकासुन्दी गाउँपालिकाले नेपाली खेलकुदमा पुर्याएको योगदान र आफ्नो जन्मथलोको नाम उज्जवल गरेको भन्दै सम्मान गरेको हो।
तिहारको अवसरमा मंगलबार आयोजित कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष दामोदर आर्चायले नगद ५० हजार रुपैयाँसहित राजपुरालाई सम्मान गरेका हुन्।
सम्मान पाएपछि राजपुराले भनिन्, ‘आफ्नो जन्मथलोमा सम्मानित हुन पाउँदा एकदमै खुसी लागेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएर आफ्नो ठाउँ र देशका लागि केही गर्न पाउँदा खुसी लागेको छ। आगामी दिनमा पनि आफूले सकेको मेहनत गरेर अगाडि बढ्नेछु।’
327
Shares
प्रतिक्रिया