युरोपेली च्याम्पियन्स लिगअन्तर्गत समूह‘एच’को खेलमा बार्सिलोना शाख्तर डोनेत्सकसँग हारेको छ।
गएराति भएको खेलमा शाख्तर डोनेत्सकले बार्सिलोनालाई १–० गोल अन्तरले जितेको हो।
खेलको ४०औं मिनेटमा ड्यानिलो सिकानको निर्णायक गोलमा शाख्तरले बार्सिलोनाविरुद्ध जित हासिल गरेको हो।
गएराति नै भएको अर्को खेलमा एफसी पोर्टोले रोयल एन्टवर्पलाई २–० ले हरायो।
समूह ‘ई’को खेदमा एथलेटिको मड्रिडले सेल्टिगोविरुद्ध ६–० को फराकिलो जित हात पारेको छ।
समूह ‘एफ’को खेलमा बोरुसिया डर्टमुन्डले न्यु क्यासल युनाइटेडविरुद्ध २–० को जित दर्ता गरेको छ।
27
Shares
प्रतिक्रिया