धरान रन समूहको आयोजनामा शिक्षाका निम्ति दौड अभियानमा 'धरान १० किमि रन-बाह्रौँ नेवा च्यारिटी २०८०' आगामी फागुन १२ गते हुने भएको छ।
धरान रन समूहका अध्यक्ष रमु राईका अनुसार ३ हजार भन्दाबढी धावक धाविका सहभागी हुने उक्त दौड प्रतियोगितामा विजयीलाई खुल्लातर्फ महिला पुरुषलाई ६० हजार ४० हजार र ३० हजार पुरस्कार दिइनेछ।
१२ र १६ वर्षमुनि तथा भेट्रान समूहका लागि महिला-पुरुष ७ हजार, ५ हजार र ३ हजार पुरस्कार राखिएको राईले बताए।
यस कार्यक्रमबाट उठेको रकम शिक्षाका निम्ति स्थापित 'नेवा एजुकेशन फन्ड'मा जम्मा गरिने उनले बताए। जहाँका १२ जना विद्यार्थीलाई धरान रनले छात्रवृत्ति दिइरहेको छ।
उक्त कार्यक्रममा स्पाइनल इन्जुरी भएकाहरूका लागि व्ह्विल चियर रेस पनि हुने भएको छ।
सहभागीले धरानरनको वेबसाइटमा गएर नाम दर्ता गराउन सक्ने छन्। राईका अनुसार मंसिर २१ गतेसम्म ४ सयमै नाम दर्ता गर्न सक्ने छन्।
Shares
प्रतिक्रिया