युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले सहज जित हात पारेको छ।
समूह ‘सी’ अन्तर्गत गएराति भएको खेलमा रियलले ब्रागामाथि ३–० को सहज जित निकालेको हो।
रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले समान एक गोल गरे।
खेलको २७ औं मिनेटमा डियाजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। खेलको ५८ औं मिनेटमा भिनिसियसले अग्रता दोब्बर पारे। एकपक्षिय खेलको ६१औं मिनेटमा रोड्रीगोले गोल गर्दै अग्रता फराकिलो पारे।
सोही समूह अन्तर्गत गएराति नै भएको खेलमा नापोली र युनियन बर्लिन १–१ को बराबरी खेले। समूह ‘बी’ को खेलमा आर्सनलले सेभिल्लामाथि २–० को जित दर्ता गर्यो।
24
Shares
प्रतिक्रिया