नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत जारी दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
१२औं मिनेटमा ललितपुरका ओमोलाजा करिमको फ्रिकिक धनगढी गोलरक्षक मोहम्मद ताहाले पन्च गरिदिए।
२०औं मिनेटमा ललितपुरका निखिल कदमको पासमा दिनेशको लागि मौका सिर्जना भएको थियो। तर उनले बक्सभित्र बल लागेर प्रहार गर्नुअघि आशिष चौधरीले बल क्लियर गरिदिए।
३४औं मिनेटमा ललितपुर अग्रताको निकै नजिक पुगेको थियो। अनन्त तामाङको क्रसमा निखिल कदमको हेडर पोस्टमा लागेर फर्कियो।
धनगढीको दुई खेलमा छ अंक रहँदा ललितपुरको समान दुई खेलमा चार अंक रहेको छ।
15
Shares
प्रतिक्रिया