ad ad

खेल


एनएसएल : चितवनलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो ललितपुर

एनएसएल : चितवनलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो ललितपुर

नेपालखबर
मंसिर २४, २०८० आइतबार १९:९, काठमाडौँ

एफसी चितवनलाई पराजित गर्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा चितवनलाई २–० ले हराएको ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो। 

२ खेलमा जित र ३ खेलमा बराबरी गरेको ललितपुरले अंक तालिकामा ९ अंक बनाएको छ। एक खेल कम खेलेको धनगढीको ८ अंक छ। धनगढीले २ खेलमा जित र २ खेलमा बराबरी गरेको छ।

समान ८ अंक भएको पोखरा थन्डर्स तेस्रो र सात अंक भएको एफसी बुटवल लुम्बिनी चौथो स्थानमा छ। 

ललितपुरको जितमा पापा बोउ केपेले दुई तथा विवेक पौडेलले एक गोल गरे। चितवनका लागि रफिक अमिनुले सान्त्वना गोल गरे।

इन्ज्युरी समयमा चितवन १० खेलाडीमा सिमित बनेको थियो। रेफ्रिराम दसनले उत्सव राईलाई सिधै रातो कार्ड दिए। पेनाल्टी एरियमामा उत्सव राईले ललितपुरका आदित्य शाक्यलाई खराब ट्याकल गरेपछि ललितपुरलाई पेनाल्टी अवसर दिएका थिए।

सो अवसरलाई पापा बोउ केपेले खेर जान दिएनन् र पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ मा पुर्याए। 

खेलको ८९औँ मिनेटमा रफिक अमिनुले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। चितवनका नवयुगले मिलाएको क्रसमा रफिकले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे। 

खेलको ५७औँ मिनेटमा विवेक पौडेलको गोलमा ललितपुरले अग्रता दोब्बर पार्यो। दिनेश हेन्जनको क्रसमा विवेकले गोल गर्दै अग्रता दोब्बर पारे। 

त्यसअघि खेलको १९औँ मिनेटमा पापा बोउ केपेको गोलमा ललितपुरले सुरुआती अग्रता बनाएको थियो। इमोनले दिएको लामो क्रसलाई दिनेश हेन्जनले नियन्त्रणमा लिदै दिएको पासमा पापा बोउ केपेले पोष्टको जाली चुमाएका थिए। 

पहिलो हाफको इन्ज्युरी समयमा इमोन इजेक्लीको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा अग्रता दोब्बर पार्ने मौका गुमायो। 

४२औँ मिनेटमा निखिल सुरेसराओको फ्रिकीक मार्को इभानोभिकलाई लाग्दै बाहिरियो। 

३६औँ मिनेटमा टोरिक जेब्रिनको कर्नर ललितपुरका कप्तान तथा डिफेन्डर अनन्त तामाङले क्लीयर गरे। 

२९औँ मिनेटमा चितवनका विमल घर्तिमगरको प्रहार गोलरक्षक जेफ्री विली आर्सेलले बचाए। 

३१औँ मिनेटमा चितवनका रफिक अमिनुले पोष्ट नजिकबाट हानेको प्रहार ललितपुरका गोलरक्षक मार्सेलले पन्च गर्दै बचाउँदा डिफेन्डरले क्लीयर गरे। 

१८औँ मिनेटमा ललितपुरका इमोनले दिएको प्रहारलाई पापाले सदुपयोग गर्न सकेनन्। 

१५औँ मिनेटमा ललितपुरका इमोन इजेक्लेले दिएको क्रस पापा अवोउ केपेले भेट्न नसक्दा गोल गर्ने मौका खेर फाले। १३ औं मिनेटमा दिनेश हेन्जनको प्रहार चितवनका गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दै जोगाए। 

लिगमा भोलि सोमबार पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .