एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालले खराब प्रर्दशन गरेको छ।
दुबईको आइसीसी एकेडेमी ओभल–२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ११ औँ ओभरको खेल जारी रहँदा ६ विकेट गुमाएको छ।
नेपाली ब्याटर भारतिय बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालका ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। दिपक डुम्रे गोल्डेन डग आउट भए।
ओपनर अर्जुन कुमाललो बनाएको ७ रन सर्वाधिक छ। ओपनर दिपक बोहोरा १ रनमा क्याच आउट भए। गुल्सन झा ४ कप्तान खेव खनाल २ रनमा पवेलियन फर्के। उत्तम थापा मगर शुन्य रनमा आउट भए।
अहिले क्रिजमा अर्जुन कुमाल ७ र कप्तान देव थापा शुन्य रनमा नटआउट छन्। राज लुम्बानी एक्लैले चार विकेट लिए।
घातक बलिङ गरेका राजले ६ ओभरमा ३ मेडन राख्दै मात्र ८ रन दिए। आराध्या शुक्लाले दुई विकेट लिए।
Shares
प्रतिक्रिया