नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत मंगलबार जारी खेलमा बुटवल लुम्बिनीविरुद्ध झापा एफसीले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिँदा बुटवलविरुद्ध झापाले १–० ले अग्रता बनाएको हो।
खेलको ३९ औँ मिनेटमा जर्ज सान्चेजको गोलमा झापाले सुरुआती अग्रता बनाएको थियो। अञ्जन विष्टले दिएको लामो पासलाई सदुपयोग गर्दै जान्चेजले दुई डिफेन्डर र गोलरक्षक मोहमोलोउलाई समेत छलाउँदै सुन्दर गोल गरे।
२० औँ मिनेटमा डिबक्स लाइनबाट अञ्जन विष्टको प्रहार बुटवलका मोहमोडोउले बचाएपनि त्यसकै रिबाण्डमा लक्ष्मण रुचालको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा झापाले अग्रता बनाउने सुन्दर मौका गुमायो।
१७ औँ मिनेटमा झापाका सुदिप श्रेष्ठले डिबक्स बाहिरबाट गरेको प्रहार सेकेण्डबारको नजिकबाट बाहिरियो।
१३ औँ मिनेटमा बुटवलका सेर्जे सङले डिबक्स भित्रबाट गरेको प्रहार सेकेण्डबारमा लाग्दै फर्कियो त्यसकै रिबाउण्डमा उनको दोस्रो प्रयास झापाका गोलरक्षक स्टेफन कुपिकले बचाए।
Shares
प्रतिक्रिया