ad ad

खेल


सेफिल्डलाई हराउँदै चेल्सी १०औँ स्थानमा उक्लियो

सेफिल्डलाई हराउँदै चेल्सी १०औँ स्थानमा उक्लियो

नेपालखबर
पुस १, २०८० आइतबार ११:२६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई हराएको छ।

चेल्सीको घरेलु मैदानमा भएको प्रतिस्पर्धामा सेफिल्डलाई २–० गोल अन्तरले जितेको हो। 

चेल्सीको जितमा कोल पाल्मर र निकोलस ज्याक्सनले गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेल्सीले २ गोल गर्‍यो। 

खेलको ५४औँ मिनेटमा पाल्मरको गोलमा चेल्सीले सुरुवाती अग्रता बनाएको थियो। रहिम स्टर्लिङका क्रसमा पाल्मरले बललाई पोस्टको जाली चुमाए। 

६१औँ मिनेटमा ज्याक्सनको गोलमा चेल्सीले अग्रता दोब्बर पार्‍यो। दोस्रो गोलमा भने पाल्मरको क्रसमा ज्याक्सनले अग्रता दोब्बर पारे। 

जितसँगै चेल्सी १० खेलबाट २२ अंक बनाउँदै १०औँ स्थानमा उक्लिएको छ। पराजित सेफिल्ड भने ८ अंकसहित तालिकाको पुछारमा छ। 

गएराति नै भएको खेलमा एभर्टनले वर्नलीविरुद्ध २–० को नै जित दर्ता गरेको छ। जितसँगै एभर्टन १६औँ स्थानमा उक्लेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .