इन्डियन प्रिमियर लिगको जारी लिलामीमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्स अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएका छन्।
कमिन्सलाई २०.५० करोड भारुमा सनराइजर्स हैदरावादले खरिद गरेको हो।
यनले हालै आफ्नो मुलुक अस्ट्रेलियालाई एकदिवसीय क्रिकेट विश्वकपका उपाधि दिलाएका थिए।
उनीभन्दा अघि साम करन आईपीएलका महंगा खेलाडी थिए। उनलाई पञ्जाब किङ एलेभेन्सले १८.५० करोडमा किनेको थियो।
कमिन्सलाई यसअघि २०२० मा कोलाकाता नाइट राइडर्सले १५.५ करोडमा किनेको थियो।
465
Shares
प्रतिक्रिया