कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ तेस्रो साता हुने भएको छ।
नेपाल सितारियो कराते संघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना तथा गोदावारी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगिता आागमी माघ १८ देखि २० गतेसम्म हुनेछ।
नेपाल कराते महासंघको वार्षिक क्यालेन्डर अनुसार हुने प्रतियोगितामा महिला र पुरुषतर्फ गरि १७ वटा समुहमा स्पर्धा हुनेछ। पुरुषतर्फ ५०,५५,६०, ६७, ७५, ८४ केजी मुनि तथा ८४ केजी र ८४ केजी माथिको तौल समुहमा काता र टिम कातामा स्पर्धा हुनेछ।
महिलातर्फ ४५,५०,५५,६१, ६८ केजी मुनि र ६८ केजी माथि फाइट हुनेछ। यस्तै काता र टिम कातामा खेलाडीले स्पर्धा गर्नेछन्।
प्रतियोगितामा प्रत्येक टोलीबाट २१ खेलाडी, दुई प्रशिक्षक, १ व्यवस्थापक गरि सात प्रदेश र तिन विभागीय टोलीको सहागी हुने जिल्ला प्रमुख डोजो लगनखेलका अध्यक्ष दिपक श्रेष्ठले बताए।
प्रतियोगितामा २ सय ४० खेलाडी, प्रशिक्षक र व्यवस्थापक तथा ५० जना राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक र २० जना प्राविधिक गरि कुल ३ सय १० जना सहभागी हुनेछन्।
प्रतियोगिता आयोजना गर्न ५५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जिल्ल प्रमुखल डोजोका सचिव विनोद महर्जनले जानकारी दिए। प्रतियोगितामा विजेता टोलीले १ लाख र उपविजेता टोलीले ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट माहिला पुरुष खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिता आयोजना गर्न गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्नेछ। त्यसका लागि नगरपालिकाले चार वर्षको सम्झौता समेत गरिसकेको छ।
Shares
प्रतिक्रिया