इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ का लागि दुबईमा आयोजित खेलाडी लिलामीमा सबैभन्दा महँगो खेलाडीदेखि धेरै नयाँ खेलाडीका लागि तोकिएको मूल्यले सबैलाई चकित बनाएको छ।
अस्ट्रेलियाका मिचेल स्टार्क लिलामीमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बनेका छन्। उनलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारतीय रुपैयाँमा किनेको हो।
यसपछि अस्ट्रेलियाका प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ।
यी हुन् आईपीएल २०२४ का सबैभन्दा महँगा खेलाडी
मिचेल स्टार्क (कोलकाता नाइट राइडर्स)– २४.७५ करोड भारतीय रुपैयाँ
प्याट कमिन्स (सनराईजर्स हैदरावाद)– २०.५० करोड भारतीय रुपैयाँ
डेरिल मिचेल (चेन्नई सुपर किंग्स)– १४ करोड भारतीय रुपैयाँ
हर्षल पटेल (पन्जाब किंग्स)– ११.७५ करोड भारतीय रुपैयाँ
अल्जारी जोसेफ (रोयल च्यालेन्जर्स बैंगलोर)– ११.५० करोड भारतीय रुपैयाँ
स्पेन्सर जोन्सन (गुजरात टाइटन्स)– १० करोड भारतीय रुपैयाँ
समीर रिजवी (चेन्नई सुपर किंग्स)– ८.४० करोड भारतीय रुपैयाँ
रोभमान पावेल (राजस्थान रोयल्स)– ७.४० करोड भारतीय रुपैयाँ
शाहरुख खान (गुजरात टाइटन्स)– ७.४० करोड भारतीय रुपैयाँ
कुमार कुशाग्रा (दिल्ली क्यापिटल्स)– ७.२ करोड भारतीय रुपैयाँ
Presenting the Top 5⃣ buys of #IPLAuction 2024 😎
— IndianPremierLeague (@IPL) December 19, 2023
Mitchell Starc tops the list with a whopping amount of INR 24.75 Crore 🔥#IPL pic.twitter.com/3ky8QsixV1
यहाँ केही चर्चित खेलाडीको बारेमा पनि जानकारी गराइन्छ, जसलाई कसैले खरिद गर्न चाहेनन्।
ती खेलाडी हुन्
स्टिभ स्मिथ
मंगलबार दुबईमा भएको लिलामीमा अस्ट्रेलियाली टोलीका पूर्वकप्तान स्टिभ स्मिथले पनि निराशाको सामना गर्नुपर्यो। उनको आधार मूल्य २ करोड भारतीय रुपैयाँ थियो। तर यो लिलामीमा उनले कुनै खरिदकर्ता फेला पारेनन्।
जोश हेजलवुड
यस लिलामीमा अस्ट्रेलियाका खेलाडी जोस हेजलउडलाई पनि कुनै टोलीले किनेन उनको आधार मूल्य पनि २ करोड भारतीय रुपैयाँ मात्रै थियो।
रेसी भ्यान डेर डुसेन
यस अवधिमा दक्षिण अफ्रिकी खेलाडी रसी भान डेर डुसेनले पनि निराश महसुस गरे। उनको आधार मूल्य २ करोड भारतीय रुपैयाँ थियो।
काइली जेमसन
विश्वको सबैभन्दा अग्लो फास्ट बलरमा गनिने न्युजिल्यान्डकी काइली जेमिसनले पनि यस लिलामीमा निराशाको सामना गर्नुपरेको छ। उनको आधार मूल्य १ करोड भारतीय रुपैयाँ थियो।
Shares
प्रतिक्रिया