ad ad

खेल


एकदिवसीय क्रिकेट शृङ्खला : भारतसँग दक्षिण अफ्रिका पराजित

एकदिवसीय क्रिकेट शृङ्खला : भारतसँग दक्षिण अफ्रिका पराजित

नेपालखबर
पुस ६, २०८० शुक्रबार ७:५१, काठमाडौँ

दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ। गएराति दक्षिण अफ्रिकाको बोल्याण्ड पार्कमा भएको तेस्रो तथा निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो।

जितका लागि २ सय ९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ५ बलमा २ सय १८ रनमा अलआउट भएको थियो। उसका टोनी डी जोर्जीले ८१ रन जोडे पनि जितका लागि पर्याप्त भएन।

जितका लागि भारतका अर्शदीप सिंहले ४ तथा आवेश खाँ र वासिङ्टन सुन्दरले समान २र२ विकेट लिए। 

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो। उसका सञ्जु स्यामसनले सर्वाधिक १ सय ८ रनको शतकीय पारी खेले । सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक पनि हो।

त्यस्तै, तिलक बर्मा ५२ रनमा आउट भए। दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले ३ तथा नान्द्रे बर्गरले २ विकेट लिए। 

पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले नै हराएको थियो। अब दुई देशबीच दुई खेलको टेस्ट शृङ्खला हुनेछ। पहिलो टेस्ट २६ डिसेम्बर देखी सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .