ad ad

खेल


एनएसएल : पोखराविरुद्ध धनगढी १–० ले अघि

एनएसएल : पोखराविरुद्ध धनगढी १–० ले अघि

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ६, २०८० शुक्रबार १३:५८, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार जारी पहिलो खेलमा पोखरा थन्डर्स एफसीविरुद्ध धनगढी एफसी अघि भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ सकिँदा धनगढीले पोखराविरुद्ध १–० गोल गरेको हो। 

खेलको ४२औँ मिनेटमा मिलन राईको गोलमा धनगढीले सुरुआती अग्रता बनायो। डिबक्स भित्रबाट अफिज ओलावालेको क्रसमा पोखराका गोलरक्षक प्रिसो विट भएको मौकामा मिलनले बललाई फिनिसिङ टच दिएका थिए।

४५औँ मिनेटमा पोखराका स्टेफन पापाको प्रहार क्रसबारमा लाग्दै फर्कियो। सोही बललाई मिडफिल्डर कमल बहादुर थापाको प्रहार धनगढीका गोलरक्षक ताहाले गोललाइनबाट बचाउँदा डिफेन्डर कमल श्रेष्ठले क्लीयर गर्दा पोखराले बराबरीको सुन्दर मौका गुमायो। 

त्यसअघि चौथो मिनेटमा धनगढीका डियाग्ने फल्लुको लामो प्रहार पोखराका गोलरक्षक प्रिसोले जोगाए। 

१०औँ मिनेटमा पदमकुमार तामाङको लामो प्रहार सेकेन्ड बारको नजिकबाट बाहिरिँदा पोखराले अग्रता बनाउने मौका गुमायो। 

१६औँ मिनेटमा सञ्जीव विष्टको वन भर्सेज वन प्रहार धनगढीका गोलरक्षक मोहमद ताहाले उत्कृष्ट बचाउ गरे। 

२९औँ मिनेटमा डिबक्स भित्रबाट अविशेक गुरुङको प्रहार गोलरक्षक प्रिसोले सहजै जोगाए। ३३औँ मिनेटमा धनगढीका मिलन राईको पासमा अहमद हिजाजीको हेडर पोखराका गोलरक्षक प्रिसोले गोललाईनबाट क्लियर गरे। 

३५औँ मिनेटमा डिबक्स एरिया नजिकबाट पोखराका पदक कुमार तामाङको प्रहार आकाशियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .